राम्चेली गडाभाई तमु समाज पोखराको भित्तेपात्रो विमोचन

पाेखरा | बैशाख १, २०८१

राम्चेली गडाभाई तमु समाज पोखराको भित्तेपात्रो विमोचन

पोखरा:    स्याङ्जा राम्चेली गडाभाई तमु समाज पोखराले नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ ।


स्याङजाको वालिङ्ग नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गरेका राम्चेलीहरुको संस्था राम्चेली गडाभाई तमु समाज पोखराले शनिबार अमरसिंहस्थित एनएन क्याफेमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्यहरुले सामुहिक रुपमा यस वर्षको भित्तेपात्रोको विमोचना समेत गरिएको हो ।


समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्ष ओम गुरुङ, काहुँडाडा होमस्टे संचालक जमान सिंह गुरुङ सल्लाहकार सदस्य सुवेदार लोक बहादुर गुरुङ, समाजका सदस्य चुत्र गुरुङ, समाजका सदस्य रुपक गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । 


कार्यक्रमका वक्ताहरुले नयाँ पुस्तालाई पढाइमा लगनशिल बनि आफ्नो भविष्यप्रति सजग बन्नुपर्नेमा जोड दिए । उनिहरुले समाजमा एक अर्का प्रति सदैव एकता र सद्भाव कायम गर्न सकोस् भन्ने शुभकामना दिए ।


कार्यक्रममा भित्तेपात्रो प्रकाशित गर्न सहयोग गर्ने संस्थापक सचिव आशिष गुरुङ सक्रिय सदस्य रुपक गुरुङ र पलमान गुरुङ र कार्यक्रम सफलताको लागि आर्थिक सहयोग गर्ने सक्रिय सदस्य चुत्र गुरुङ, चेत बहादुर र काहुँडाडा होमस्टे संचालक जमान सिं गुरुङ लगायतलाई सम्मान समेत गरिएको थियो ।


समाजका सह–सचिव रूपसिङ गुरुङले संचालन गरेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष, शैक्षिक व्यक्तित्व तथा एल.आई. सी. नेपाल प्रालि वालिङ शाखाका म्यानेजर औ बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्